बागलुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि आजै (शनिबार) डिस्चार्ज हुने भएको छ।
पहिलो नेगेटिभ रिपोर्ट आएको २४ घण्टापछि गरिएको दोस्रो परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने भएको हो।
शनिबार प्रदेश प्रयोगशाला पोखरामा गरिएको अन्तिम परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए।
‘कोभिड १९ को प्रोटोकलले दुईपटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिन्छ। पहिलो र दोस्रो रिपोर्ट नेगेटिभ आयो, हामी डिस्चार्ज गर्दैछौँ, डा. पोखरेलले नेपालखबरसँग भने, ‘अस्पताल अहिले त्यसकै तयारीमा जुटेको उनले बताए।
आजमात्रै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा सरूवा रोग अस्पतालबाट अर्की १९ वर्षीया युवती पनि निको भएर डिस्चार्ज भएकी छन्।
प्रतिक्रिया