जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट ती महिलालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरे पनि प्रहरीले दुबै महिलाको परिचय भने खुलाएको छैन। उनीहरुलाई केही बेरपछि सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकमा ती दुवै महिलाले १० रुपैयाँको नोट १२/१५ स्थानमा फालेर फरार भएका थिए।
त्यसपछि कोरोना फैलाउन पैसा फालेको भन्दै स्थानीयहरुमा खैलाबैला मच्चिएको थियो। प्रहरीले ती नोटहरु जम्मा गरेर अनुसन्धानको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो भने ती दुबै महिलाको तस्बिर सीसीटीभी फुटेजबाट सार्वजनिक गरी खोजी कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरेको थियो।
याे पनि : जनकपुरको बाटाेमा नोट फाल्ने महिला सीसीटीभी फुटेजमा, कोरोना फैलाउन फालेको आशंकामा अनुसन्धान जारी
प्रतिक्रिया