ad ad

समाज


भारतमा कोरोना संक्रमणको वृद्धिदर ४० प्रतिशतले घट्यो, पछिल्लो २४ घण्टामा २३ को मृत्यु

भारतमा कोरोना संक्रमणको वृद्धिदर ४० प्रतिशतले घट्यो, पछिल्लो २४ घण्टामा २३ को मृत्यु

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ११:३३,

भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या १३ हजार ३८७ पुगेको छ।

शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङ कार्यक्रममा अहिलेसम्म ४३७ जानको संक्रमणबाट मृत्यु भएको बताएको छ। त्यस्तै अहिलेसम्म १ हजार ७४९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ नयाँ बिरामी थपिएका छन् भने सोही अवधिमा २३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल १ देखि बढ्दै गएको कोरोना संक्रमणको वृद्धिदरमा ४० प्रतिशतले कमी आएको छ।

प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सचिव कोरोना जाँचका लागि ५ लाख किट प्रदेशहरुमा पठाइएको जानकारी दिए।

‘अहिलेसम्म १ हजार ७४९ जना संक्रमित निको भएर घर फर्कनुभएको छ। र्‍यापिड टेस्टका लागि ५ लाख किट राज्यमा पठाइएको छ’, उनले भने, ‘अप्रिल १ देखि अहिलेसम्म संक्रमण वृद्धिदरमा ४० प्रतिशतले कमी आएको छ।’

मन्त्रालयले अहिलेसम्म देशमा अत्यावश्यक वस्तु र सेवाको स्थिति नियन्त्रणमै रहेको जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .