कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोलमा छोराले बुवाको हत्या गरेका छन्।
आइतवार दिउँसो स्थानीय तौला रानाको उनकै छोरा २५ वर्षीय सन्जी रानाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए।
घरायसी विवादका कारण घटना भएको प्रहरीले जनाएको छ। बुवाको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अहिले ईलाका प्रहरी कार्यालय झलारीको टोली घटनास्थल पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया