कोरोना भाइरस संक्रमित (कोभिड-१९) बिरामीलाई परीक्षणका लागि खुवाइएको एउटा औषधिले निकै फाइदा पुर्याएकाे अमेरिकी औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले दाबी गरेको छ।
उसका अनुसार कोभिड-१९ का ५३ बिरामीलाई परीक्षणका लागि दिइएको औषधिले उत्साहजनक नतिजा दिएको हो।
उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको ‘रेम्डेसिभिर’ औषधि दिइएको र त्यसले ५३ बिरामीमध्ये ३० जनाभन्दा बढीलाई फाइदा पुर्याएकाे बीबीसीले जनाएको छ।
अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्।
तर थप अध्ययन र नतिजापछि मात्रै एउटा निष्कर्षमा पुग्न सकिने उनीहरूले बताएका छन्।
रेम्डेसिभिर औषधिको बृहत् परीक्षणको परिणाम अब केही साताभित्र आउने वैज्ञानिकहरूले जानकारी दिएका छन्।
प्रतिक्रिया