भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ।
अहिले आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
व्यवसायी रेखा अग्रवालले सञ्चालन गरेको सो उद्योगमा मंगलबार बिहान आगलागी भएको थियो।
आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए। रासस
प्रतिक्रिया