ad ad

समाज


इटलीमा कोरोनाको मृत्युदर १० प्रतिशत हुँदा जर्मनीमा किन ०.५ प्रतिशत मात्रै?

इटलीमा कोरोनाको मृत्युदर १० प्रतिशत हुँदा जर्मनीमा किन ०.५ प्रतिशत मात्रै?

नेपालखबर
चैत १३, २०७६ बिहिबार १३:६,

कोरोना भाइरसबाट मर्नेहरुको संख्या २१ हजार नाघिसकेको छ। युरोप महामारीको एपिसेन्टर बनेका बेला इटलीमा संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको छ। फ्रान्समा मृत्युदर ५ प्रतिशत छ।

मुलुकैपिच्छे यो दर फरकफरक छ। जर्मनीमा भने मृत्युदर आश्चर्यलाग्दो तरिकाले कम छ। यहाँ सबैभन्दा कम अर्थात ०.५ प्रतिशत संक्रमितले मात्रै ज्यान गुमाएका छन्।

हालसम्म त्यहाँ ३९ हजार ५ सय संक्रमित हुँदा मात्र २ सय २२ को ज्यान गएको छ। किन त?

'मलाई के लाग्छ भने अन्यत्र हेरी हामी धेरैको परीक्षण गरिरहेका छौँ र हामी बेलैमा धेरै संक्रमित फेला पारिरहेका छौँ,’ बर्लिनको च्यारिटी हस्पिटलस्थित इन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशक क्रिस्टियन द्रोस्तेनले अमेरिकी सञ्चारमाध्यम एनपीआरलाई भनेका छन्।

द्रोस्तेनको टोलीले नै कोरोना परीक्षण किट पनि आविष्कार गरेको थियो। उनका अनुसार जर्मनीमा प्रतिसाता एक लाख २० हजार मानिसको कोरोना परीक्षण भइरहेको छ।

यसको अर्थ हो, जर्मनीमा थाहा नभएका संक्रमितहरुको संख्या कम छ। तर, अन्यत्र कतिपय मुलुकमा गम्भीर लक्षण नदेखिई परीक्षण हुँदैन। लक्षण नदेखिएकाहरु संक्रमित भएको समेत थाहा हुँदैन। जसका कारण ती मुलुकमा संक्रमितको दर बढी देखिन जान्छ।

अन्यत्रजस्तो जर्मनीमा कोरोना परीक्षणको एकद्वार नीति पनि लागू गरिएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .