सीमा रहेका सयौं नेपालीहरु नेपालतर्फ प्रवेश गरेपछि कैलालीको धनगढीस्थित त्रिनगर नाकामा तनावको अवस्था श्रृजना भएको छ।
सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर लकडाउन घोषणा गर्दै आवातजावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो।
तर सयौंको संख्यामा भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरुले नेपाल प्रवेश पाउनुपर्ने भन्दै मंगलबार बिहानैदेखि नाराबाजी गरिरहेका छन्।
नाकामा अलपत्र परेका नेपालीहरु सुरक्षा घेरा छिचोल्दै दशगजना क्षेत्रको नेपाली भुमीमा प्रवेश गरेका छन्।
नाकासँगै जोडिएको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। सीमामा रोकिएका कतिपय भने भागेर नेपालतर्फ प्रवेश गरिसकेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भईरहेको बताए।
प्रतिक्रिया