ad ad

समाज


चिनियाँ धनाढ्यले नेपाललाई कोरोनासँग जुध्न स्वास्थ्य सामग्री उपलब्ध गराउने

चिनियाँ धनाढ्यले नेपाललाई कोरोनासँग जुध्न स्वास्थ्य सामग्री उपलब्ध गराउने

नेपालखबर
चैत ८, २०७६ शनिबार ६:१८,

ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने शनिबार ट्वीटरमार्फत घोषणा गरेका हुन्।

उनले १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।

कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा प्रदान गरिने भनेर ट्वीटमा उल्लेख गरिएको छैन।

ज्याक माको स्वास्थ्य सामग्री प्राप्त गर्ने मुलुकहरु नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का हुन्।

यसअघि ज्याक माले आफ्नो फाउन्डेसन ज्याक मा फाउन्डेसन र कम्पनीको अलिबाबा फाउन्डेसनमार्फत अमेरिका, इटली र अफ्रिकी मुलुकमा स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन्।

कोरोना भाइरस विश्वव्यापी बनिसक्दा हालसम्म २ लाख ७६ हजार ४७२ यसबाट संक्रमित बनेका छन्।

यस भाइरसका कारण हालसम्म ११ हजार ४१७ को मृत्यु भइसकेको छ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा हाल कोरोनाको प्रभाव घट्न थालेको देखिएको छ। त्यहाँ मृतक र संक्रमित दर घट्दै गएको छ।

यद्यपी युरोप अहिले कोरोनाको केन्द्रविन्दु बनेको छ। संयुक्त राज्य अमेरिका पनि कोरोनाबाट प्रभावित भइरहँदा ज्याक माले हालै सहयोग गर्ने भनेका एसियाली मुलुक पनि कोरोनाबाट निकै प्रभावित हुन थालेका छन्।

नेपालमा हाल कोही कोरोना संक्रमित छैनन्। एक जना संक्रमित भेटिएकोमा ती व्यक्ति उपचारपछि स्वस्थ बनिसकेका छन्। हाल नेपाल सरकारले कोरोनाविरुद्धको कदमहरु चालिसकेको छ।

ज्याक माले सहयोग गर्ने भनेको अफगानिस्तानमा हालसम्म २४ संक्रमित पुष्टि भएका छन्। त्यस्तै बंगलादेशमा २०, कम्बोडियामा ५१, लाओसमा शुन्य, मादिभ्समा १३, मंगोलियामा १०, म्यानमारमा शुन्य, पाकिस्तानमा ५०१, र श्रीलंकामा ७३ जना कोरोनाबाट संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .