ad ad

समाज


कोरोना महामारीको बढ्दो प्रभावबीच अमेरिकामा संकटकाल घोषणा

कोरोना महामारीको बढ्दो प्रभावबीच अमेरिकामा संकटकाल घोषणा

नेपालखबर
चैत १, २०७६ शनिबार ६:७,

विश्व स्वास्थ्य संगठन डब्लूएचओले गत बुधबार कोरोना भाइरस ‘कोभिड–१९’लाई महामारी घोषणा गरेको थियो।

अमेरिकामा समेत तीब्र गतिमा कोरोनाको प्रकोप फैलिएपछि ट्रम्पले शुक्रबार यसलाई नियन्त्रण गर्न भनेर ‘राष्ट्रिय संकटकाल’ घोषणा गरेको बीबीसीले जनाएको छ।

संकटकाल घोषणा गरेपछि संघीय सरकारले आपतकालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्ने जनाइएको छ।

ट्रम्पको घोषणासँगै कोरोना भाइरसको परीक्षणको तगि बढ्नेछ। यसअघि कोरोना भाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।

हालसम्म अमेरिकामा २ हजार ३२९ जनामा कोरोनाको पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या ५० पुगेको छ।

अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्।

त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ।

अमेरिकामा निजी प्रयोगशाला र खोप विकासकर्ताहरूले एक महिनाभित्र ५० लाख परीक्षण उपलब्ध गराउन सक्नेछन्। तर लक्षण नभएका मानिसले परीक्षण नगराउन अधिकारीहरूको सिफारिस छ।

विद्यार्थीहरूले लिएको ऋणको ब्याज अर्को सूचना प्रकाशित नभएसम्म मिनाहा गरिएको छ। अहिले देशभरीका विश्वविद्यालयहरू बन्द भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .