टाइम्स अफ इन्डियामा अनुसार पछिल्लो समय केरलामा ८, महाराष्ट्रमा ५, कर्नाटकमा ४ र जम्मु कस्मिरमा एकजना कोरोना संत्रमित भेटिएका छन्।
हाल ४० भन्दा बढी इटलीका नागरिकलाई कोरोनको आशंकामा भारतमा क्वारेन्टाइनमा राखिएको छ। यस्तै इटलीबाट फर्किएका ४५ भारतीय नागरिकलाई पनि क्वारेन्टाइनमा राखिने तयारी थालिएको छ।
यसैबीच कर्नाटकका किसाले कोरोनाको त्रासपछि ६ हजार कुखुरा ज्युँदै पुरेका छन्।
एक महिना अगाडिमात्र त्यहाँका किसानले नयाँ कुखुरा पालेका थिए। गोकाक तालुकले टाइम्स अफ इन्डियाँसँग भने,‘कोरोनको त्रासपछि मैले बाँकी बिकल्प नै देखिन। ६ लाखमा कुखुरामा लगानी गरेको थिए।’
कुखुराबाट कोरोना फैलने हल्लापछि उनले कुखुरा पुरेको बताएका छन्।
प्रतिक्रिया