ad ad

समाज


वनस्थलीको नालीमा मोटरसाइकल खस्दा सिन्धुपाल्चोकका १९ वर्षीय श्रेष्ठ बेपत्ता

वनस्थलीको नालीमा मोटरसाइकल खस्दा सिन्धुपाल्चोकका १९ वर्षीय श्रेष्ठ बेपत्ता

नेपालखबर
असोज ११, २०८१ शुक्रबार २०:४३, काठमाडौँ

काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ। बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल नालीमा खसेको हो। 

सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ सवार मोटरसाइकल नालामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। 

मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन्। नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी जारी राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .