ad ad

समाज


बागमतीले पार गर्‍यो खतराको तह

बागमतीले पार गर्‍यो खतराको तह

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १९:५२, काठमाडौँ

बागमती नदीले खतराको तह पार गरेको छ। शुक्रबार बागमती नदीस्थित खोकनामा रहेको जलमापन केन्द्रमा ४ मिटरको खतरा तह पार गरेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

साँझ ७ बजेर ३५ मिनेटमा ४ मिटरको खतरा तह पार गरेर ५.०८ मिटर पुगेको प्राधिकरणले जानकारी गराएको छ। 

तल्लो तटीय क्षेत्रका सबैलाई सतर्क रहन पनि प्राधिकरणले आग्रह गरेको छ। शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। 

विभिन्न राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध बनेका छन् भने रात्रिकालिन सवारी पनि चलाउन रोक लगाइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .