ad ad

समाज


२४ घण्टामा देशका यी १२ स्थानमा भयो धेरै भारी वर्षा (सूची)

२४ घण्टामा देशका यी १२ स्थानमा भयो धेरै भारी वर्षा (सूची)

नेपालखबर
असोज ११, २०८१ शुक्रबार ७:५६, काठमाडौँ

देशभर मौसम बदली र वर्षा भइरहेको छ। 

यस क्रममा बितेको २४ घण्टामा देशका १२ स्थानमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको आज बिहान ७:४५ बजेसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा देशका यी १२ स्थानमा धेरै भारी वर्षा भएको हो। 

हेर्नुहोस् धेरै भारी वर्षाको सूची

-सिरहा हाइड्रोमा १०३.८ मिलिमिटर

-सप्तरीको कल्याणपुरमा १११.२ मिलिमिटर

-सप्तरीकै रुपणी बजारमा १२५.६ मिलिमिटर

-उदयपुरको सुन्दरपुरमा १३४.६ मिलिमिटर

-सप्तरीको बरमझियामा १६१.२ मिलिमिटर

-मोरङको विराटनगर एअरपोर्टमा १५१ मिलिमिटर

-झापाको गौरादहमा १३०.८ मिलिमिटर

-झापाकै केचनामा १७५.४ मिलिमिटर

-झापाकै चन्द्रगढी एअरपोर्टमा १०१.६  मिलिमिटर

-इलामको कन्याम टी स्टेटमा १०१.२ मिलिमिटर

-इलामको कन्काई मैनाचुलीमा ११७.२ मिलिमिटर

-कैलालीको धनगढी अत्तरियामा १०२.६ मिलिमिटर

मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। 

यस अवधिमा भारी वर्षा त देशका धेरै स्थानमा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .