ad ad

समाज


भैंसेपाटी प्रभागकी इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइयो, अरु दुई जना पक्राउ

भैंसेपाटी प्रभागकी इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइयो, अरु दुई जना पक्राउ

नेपालखबर
असोज १०, २०८१ बिहिबार १२:४२, काठमाडौँ

प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ।

एक जना व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोपमा बुधबार उनलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रमुख प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

यस्तै, आर्थिक लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।

घटनाको अनुसन्धानका लागि ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा ५ सदस्यीय समिति बनाइएको छ। समितिलाई जतिसक्दो चाँडो रिपोर्ट बुझाउन भनिएको पनि एआईजी बज्राचार्यले नेपालखबरसँग बताएकी छन्। 

समितिको प्रतिवेदनपछि थप कारबाही गर्ने वा सफाइ दिने भन्ने निर्णय हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .