ad ad

समाज


मकरलाई धन हात पर्ने, धनुले लामो यात्रा नगर्नु राम्रो, तपाईँको के? हेर्नुस् १ असोजको राशिफल

मकरलाई धन हात पर्ने, धनुले लामो यात्रा नगर्नु राम्रो, तपाईँको के? हेर्नुस् १ असोजको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असोज १, २०८१ मंगलबार ४:३८, काठमाडौँ

आज मंगलबार, १ असोज २०८१ (१७ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सुखदुख बराबरी खालको समय रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : नयाँ कार्यको योजना बन्नेछ। धर्मकर्ममा मन जानेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। लगानीबाट राम्रै लाभ मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। कृषि क्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा खर्च बढ्ने योग छ। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउला। व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। कसैलाई धोका नदिने।

सिंह : परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। आर्थिक करोबार  बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ हुनेछ। स्वास्थ्यप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक एवं सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। रोजगारीको अवसर प्राप्त होला। रमाइलो यात्रा हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। अनावश्यक धन खर्च हुनेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा समस्या आउला। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : हित हुने काममा समय व्यतीत हुन सक्छ। प्राविधिक काममा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धन हात पर्न सक्छ। खानपान र स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : हिम्मत बढ्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। राम्रो अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : साथीभाइबाट धोका हुन सक्छ, सचेत हुनुपर्छ। आत्मबलमा कमी आउनेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। निर्णय कार्यान्वयन हुन मुस्किल पर्ला। वैदेशिक काम भने सफल रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .