ad ad

समाज


बाल दिवसको अवसरमा २०० भन्दा बढी किशोरीहरूलाई आत्मरक्षा तालिम

बाल दिवसको अवसरमा २०० भन्दा बढी किशोरीहरूलाई आत्मरक्षा तालिम

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १९:३९, काठमाडौँ

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सन्‍राइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकाका २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको छ।

उपत्यकाका तीनैवटा जिल्लाहरूमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई आत्मरक्षा तालिम प्रदान गरिएको बैंकले जनाएको छ।

तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए। तालिम गत भदौ २५ देखि २८, गतेसम्म सञ्चालन गरिएको थियो।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरू, सहायक प्रधान अध्यापकहरू, शिक्षक लगायत लक्ष्मी सन्राइज बैंकका शाखा प्रमुखहरूको उपस्थितीमा उक्त तालिम सञ्चालन गरिएको थियो।

गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गयाप्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्द्धक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यस्को प्रभावकारिता अझ बढ्ने बताए। यसैगरी श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानअध्यापक मीनबहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरू शिक्षकमार्फत अन्य विद्यार्थीहरूलाई सिकाइने बताए।

साथै, उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे। यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थी लगायत शिक्षकहरूलाई समेत दिन सके यसले संरक्षित वातावरणमा पठन पाठनमा सहयोग पुर्याउने गान्धी आदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो।

यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्र्तताकालागि आदर्श माध्यमिक विद्यालयका प्रधानअध्यापक रामबाबु रेग्मीले आग्रह गरे।

उक्त तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्णप्रसाद खनालले गरेका थिए भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो।

सुषमा पोखरेलका अनुसार दिनप्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरु बढ्दै गैरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरु सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गरिने छ। प्रशिक्षणका क्रममा सहभागी किशोरीहरुले शुरक्षाका विभिन्न समस्याहरु बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .