ad ad

समाज


तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, मध्यपहाडी लोकमार्ग पनि ठप्प

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, मध्यपहाडी लोकमार्ग पनि ठप्प

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १७:१४, काठमाडौँ

बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो।

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्।

पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए।

उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताए।

सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन्।

‘माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन। पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ’, उनले भने।

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरु परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए। गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो।

मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउडी–भर्‍याङभुरुङ’ खण्ड अबरुद्ध
यता, मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी(भर्‍याङभुरुङ खण्डमा गए रातिको अबिरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ।

विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङहुँदै गोरखा जाने सडक अबरुद्ध भएको हो।

बाढीले क्षति पुर्‍याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाकघरको सडक आसपासमा बासोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर-१३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन। साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अबरुद्ध सडक सञ्चालनमा समस्या भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको विदुर-१३ डेउडीबाट सामरीभञ्याङ हुँदै धादिङको कटुञ्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित लुम्बिनीरमृतसञ्जिवन जेबीले विसं २०७५ असारमा जिम्मेवारी पाएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .