ad ad

समाज


मनसुन सुरु भएको ९० दिनमा विपद्‍बाट २२५ जनाको मृत्यु, ४९ बेपत्ता

मनसुन सुरु भएको ९० दिनमा विपद्‍बाट २२५ जनाको मृत्यु, ४९ बेपत्ता

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १५:४१, काठमाडौँ

यसवर्ष मनसुन सुरु भएयता विपद्‍बाट २२५ जनाको मृत्यु भएको छ।

२०८१ जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसदेखि यता (भदौ २२ गतेसम्म) ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यो अवधिमा ४९ जना बेपत्ता छन् भने २८४ जना घाइते भएका छन्।

मनसुनजन्य विपद् प्रभावित परिवार संख्या ४ हजार ६१५ रहेको छ।

गतवर्ष यसै अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता भएका थिए भने १२६ जना घाइते भएका थिए। गतवर्ष विपद् प्रभावित परिवारको संख्या ६ हजार ३० रहेको थियो।

मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जनाको मृत्यु र सबैभन्दा कम मधेस प्रदेशमा ५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

यस्तै, मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जनाको मृत्यु भएको हो।

यसैगरी असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्य्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशुली नदीमा बेपत्ता भएका थिए। जसमध्ये २४ जनाको शव फेला परेको छ भने बससहित बाँकी यात्रु अझै हराइरहेका छन्।

यसवर्ष कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको छ। जल मापनको ७७ वर्षको इतिहासमा सो स्थानमा सबैभन्दा धेरै ६२४ मि.मि वर्षा भएको प्राधिकरणले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .