भोटेकोसी नदीमा बस खसेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा गाडी खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, अहिले क्रेनको सहयोगबाट नदीमा खसेको गाडी खोज्ने काम भइरहेको छ।
नदीको बहाव ठूलो भएकाले खोजीमा कठिनाइ भएको उनले बताए।
‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ,’ एसपी खड्काले नेपालखबरसँग भने, ‘गाडी कुन भन्ने थाहा भएको छैन।’
मोटरसाइकल चालकले प्रहरीलाई गाडी खसेको खबर गरेका थिए। निजी नम्बर प्लेटको सानो गाडी भएको प्रहरीको अनुमान छ।
1.8k
Shares
प्रतिक्रिया