नेपाल प्रहरी, साइबर ब्युरो भोटाहिटीमा कार्यरत छँदा घुस लिएको अभियोगमा प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सुवेदीले साइबर अपराध मुद्दा मिलाइदिन्छु भनी आरोपित व्यक्तिका दाजुसँग ९९ हजार रूपैयाँ घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको आरोप छ।
अख्तियारले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो।
135
Shares
प्रतिक्रिया