पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक भारतीय पर्यटकको मृत्यु भएको छ।
घटना पोखरा–१७, मा रहेको पावरहाउस रिसोर्टको हो। भारतको उत्तर प्रदेश लखनउका २३ वर्षीय देवान सिंह मंगलबार साढे १ बजेतिर रिसोर्टको स्वीमिङ पुलमा डुबेका थिए।
डुबेका उनलाई साथीहरुले पानीबाट निकालेर मणिपाल शिक्षण अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषित गरिदिएको कास्की प्रहरीले जनाएको छ।
पिता रुकमेन्द्र प्रताब सिंहले छोराको शव बुझेर भारततर्फ लगेको पनि प्रहरीले जानकारी दिएको छ।
33
Shares
प्रतिक्रिया