ad ad

समाज


राशिफल २६ भदौ : मिथुनलाई कसैले एकतर्फी मन पराउने, वृष परोपकारी कार्यमा लाग्ने, तपाईँको के?

राशिफल २६ भदौ : मिथुनलाई कसैले एकतर्फी मन पराउने, वृष परोपकारी कार्यमा लाग्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
भदौ २६, २०८१ बुधबार ४:३३, काठमाडौँ

आज बुधबार, २६ भदौ २०८१ (११ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : गरेका कार्यमा ढिलासुस्ती हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। खोजेका कार्यमा बाधा आउन सक्छ। साँझमा आफन्तबाट सहयोग हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३८, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हरियो वस्त्र धारण गर्ने। झुट नबोल्ने।

वृष : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : समाजसेवामा मन लाग्नेछ। तपाईँलाई कसैले भित्रभित्रै मन पराउन सक्छन्। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। छोटो यात्रा तथा मानसम्मान मिल्नेछ। मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

कर्कट : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। टाढिएका मित्रसँग नजिकिने समय छ। नयाँ अनुभव मिल्नेछ। आफन्तहरूको सहयोगले काम अगाडि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : कमजोर भएको अनुभूति हुनेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ तथा शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : राजनीतिक कार्यमा सफलता मिल्नेछ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइएला। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर परिवारमा झैझमेलाको अवस्था आउनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ४९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : छोटो दूरीको लाभदायक यात्रा रहला। यात्रा रमाइलो हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : स्वास्थ्यमा समस्या आउन सक्छ। घरायसी झमेलामा परिएला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा शुभ समाचार पाइनेछ। धर्म, तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५०, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर : सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। रोकिएको कार्यले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। अरूको कुभलो नचिताउने।

कुम्भ : रोजगारीको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन होला। कतैबाट उपहार पाउन सकिन्छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६७, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रातो वस्त्र धारण गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। कुनै कामको शुभारम्भ हुनेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न रहला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .