गएको भदौ १६ गते ललितपुरको च्यासलस्थित दोबान खोलामा हेलिएर हराइरहेकी युवतीको शव मकवानपुरमा फेला परेको छ।
उनको शव बागमती गाउँपालिका–९ बेतिनी गैरिगङ्गास्थित बागमती नदीमा मंगलबार फेला परेको प्रहरीले जनाएको छ।
मृतकका आफन्तले शवको सनाखतसमेत गरिसकेका छन्।
पुलबाट दोबान खोलामा हामफालेपछि प्रहरीले खोजतलासका क्रममा पुलमुनी रुकुम मुसीकोट घर भएकी २० वर्षीया अन्जली शर्माको ब्याग फेला परेको थियो।
यता, ललितपुरको महालक्ष्मी ८ लुभु स्थित गोदावरी खोलामा पनि एक जना पुरुष व्यक्तिको लास फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलतर्फ प्रहरी टोलि खटी गएको छ।
66
Shares
प्रतिक्रिया