ad ad

समाज


काभ्रेमा १७ वर्षका किशोरले चलाएको मोटरसाइकलको ठक्करबाट ६३ वर्षका वृद्धको मृत्यु

काभ्रेमा १७ वर्षका किशोरले चलाएको मोटरसाइकलको ठक्करबाट ६३ वर्षका वृद्धको मृत्यु

नेपालखबर
भदौ १७, २०८१ सोमबार ५:४२, काभ्रे

काभ्रेमा १७ वर्षका किशोरले चलाएको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई किशोर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार साँझ पनौती नगरपालिका ५ ढलमलेमा बनेपाबाट पनौती तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ०७५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा पनौती नगरपालिका ५ घर भएका ६३ वर्षीय काजीबहादुर गुरुङ छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि नर्भिक अस्पताल काठमाडौँ लगिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसायकल चालक काभ्रेको बनेपा नगरपालिका- ७ घर भएका १७ वर्षीय सौरभ श्रेष्ठ र सोही ठाउँका १६ वर्षीय रियान प्रधान पनि घाइते भएका छन्। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .