ललितपुरको च्यासलस्थित पुलबाट एक युवतीले बागमतीमा हामफालेकी छन्।
आइतबार बेलुका ७ बजेतिर च्यासलस्थित दोभानको पुलबाट युवती बागमतीमा हामफालेको र खोजी भइरहेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
खोजतलासको क्रममा पुलमुनी रुकुमको मुसीकोट घर भएकी २० वर्षीया अन्जली शर्माको ब्याग फेला परेको छ।
ब्यागमा नोट र मोबाइल पनि भेटिएको एसपी सुवेदीले नेपालखबरलाई जानकारी दिए। अन्जली हाल बालकुमारीमा डेरा गरी बस्दै आएकी थिइन्।
2.3k
Shares
प्रतिक्रिया