ad ad

समाज


राशिफल १५ भदौ : कर्कट र सिंहको यात्रा रमाइलो बन्ने, मकरलाई शुभ समाचारले ऊर्जा थप्ने, तपाईँको के?

राशिफल १५ भदौ : कर्कट र सिंहको यात्रा रमाइलो बन्ने, मकरलाई शुभ समाचारले ऊर्जा थप्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
भदौ १५, २०८१ शनिबार ४:४०, काठमाडौँ

आज शनिबार, १५ भदौ २०८१ (३१ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। पुँजी बजारले पनि साथ दिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आकस्मिक लाभ हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। प्रेम जीवन सुखद रहनेछ। परिवारमा सुख सन्तोष छाउनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ कार्यको थालनी हुनेछ। कुटुम्बको सहयोग मिल्नेछ। स्वास्थ्यप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : सुखदुःख बराबरी हुनेछ। घरपरिवारमा झमेलाको अवस्था आउन सक्छ। प्रेममा बाधा हुनेछ। मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

सिंह : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजनको समेत आनन्द पाइनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

तुला : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। चिताएको कामले तीव्रता लिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। धर्मकर्ममा मन लाग्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। मनमा अविश्वास उत्पन्न हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

धनु : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। जटिल ठानिएको कामसमेत सम्पन्न हुनेछ। कृषि कर्म र व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : दिन मनोरञ्जनपूर्ण रहनेछ। लाभदायक यात्रा हुनेछ। शुभकार्यमा सरिक भइएला। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। रोकिएका काम सुचारु हुनेछन्। वैदेशिक कार्य सुखद रहला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : कार्य सम्पादनमा समस्या आउला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। कर्मक्षेत्र सङ्घर्षशील रहनेछ। धार्मिक कार्यमा सरिक भइनेछ। तीर्थाटनको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .