भक्तपुरको चाँगुनारायणमा साढे तीनतले घरकाे छतबाट खस्दा एक पुरुषको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका- २ दुवाकोट घर भएका ५२ वर्षीय विष्णु वैध आफ्नै घरको साढे तीनतला माथिबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बुधबार साँझ पौने ६ बजे घरको छतबाट अचानक खसेर उनी धानखेतमा बजारिएका थिए।
तत्कालै उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।
उनको शव पोस्टमार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी कार्कीले बताए।
87
Shares
प्रतिक्रिया