ad ad

समाज


कुम्भलाई साथीभाइबाट धोका हुने, मीनको हिम्मत बढ्ने, तपाईँको के? हेर्नुस् १३ भदौको राशिफल

कुम्भलाई साथीभाइबाट धोका हुने, मीनको हिम्मत बढ्ने, तपाईँको के? हेर्नुस् १३ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ १३, २०८१ बिहिबार ४:३६, काठमाडौँ

आज बिहीबार, १३ भदौ २०८१ (२९ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सुखदु:ख बराबरी रहनेछ। प्राविधिक कामबाट सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्ला।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष : नयाँ कार्यको योजना बन्नेछ। धर्मकर्ममा मन लाग्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : सानातिना समस्यामा अल्झनुपर्नेछ। मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा खर्च बढ्ला। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। पुँजी बजारबाट लाभ हुनेछ। कृषि क्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। जालसाजी नगर्ने।

सिंह : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। सेयर बजारमा रुचि बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ हुनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो हुने काम नगर्ने।

कन्या : कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक एवं सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। अनावश्यक ठाउँमा धन खर्च होला। सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : नयाँ कामको चर्चा चल्नेछ। नयाँ रोजगारीको अवसर जुर्नेछ। रमाइलो यात्रा होला। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। विनाप्रतिस्पर्धा महत्त्वपूर्ण काम हात लाग्नेछ। विशिष्ट व्यक्तिबाट सहयोग पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : हित हुने काममा समय व्यतीत हुनेछ। बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक काममा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धन हात पार्न पनि सक्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। खानपान र स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : साथीभाइबाट धोका हुन सक्छ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ। धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। वैदेशिक काम भने सफल रहनेछ। आत्मबल बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : हिम्मत बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सुवर्ण अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .