ad ad

समाज


राशिफल ५ भदौ : कर्कटको काममा उल्टो परिणाम आउने, सिंहलाई रोजगारी मिल्ने, तपाईँको के?

राशिफल ५ भदौ : कर्कटको काममा उल्टो परिणाम आउने, सिंहलाई रोजगारी मिल्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
भदौ ५, २०८१ बुधबार ४:३६, काठमाडौँ

आज बुधबार, ५ भदौ २०८१ (२१ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : उचित समयमा सही निर्णय लिन सकिनेछ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। तर, साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्, सचेत रहनु पर्छ। दाम्पत्य जीवन सुखमय हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : पार्टी तथा सेमिनारमा सहभागी भइएला। राज्यबाट मान सम्मान पाइनेछ। धार्मिक एवं सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेमीसँग मधुर मिलन हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : सहयोगी हात अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क पनि ५६ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : आफ्नै हेलचेक्य्राइँले काममा उल्टो परिणाम आउन सक्छ। सेयर बजारमा दुबिधा उत्पन्न हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : नयाँ रोजगारी मिल्नेछ। वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्ला। कसैकसैका लागि सन्तान प्राप्ति हुनेछ। मन प्रसन्न रहला।

भाग्यशाली रङ आकासे हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : दैनिक कार्यमा प्रगति हुनेछ। भाग्यले साथ दिनेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहार-विहारमा ख्याल गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। मान प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। निर्णायक क्षमतामा कमी आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजग रहनु होला। साँझमा अरू दिनभन्दा बढी पैसा खर्च हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : जोस बढ्नेछ। प्रतिष्ठित काम गर्ने अवसर जुर्ला। टाढिएका मित्रसँग पुनर्मिलन हुनेछ। घरमा पाहुना आउनेछन्। नयाँ ज्ञान प्राप्ति होला। विद्या र बुद्धिको विकास हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा पनि ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर : रमणीय यात्रा हुनेछ। ताकेको कार्य सम्पन्न हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। टाढिएका मित्रसँग नजिकिनेछन्।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : आलस्य तथा थकानको अनुभूति हुनेछ। यात्रा गर्दा सचेत हुनु होला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ ऊर्जा मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .