ad ad

समाज


मीनको रोमाञ्चक यात्रा हुने, मिथुनलाई प्रेममा विरोधीको भय, अन्यको के? हेर्नुस् १ भदौको राशिफल

मीनको रोमाञ्चक यात्रा हुने, मिथुनलाई प्रेममा विरोधीको भय, अन्यको के? हेर्नुस् १ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ १, २०८१ शनिबार ४:३९, काठमाडौँ

आज शनिबार, १ भदौ २०८१ (१७ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आकस्मिक धनलाभ हुनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। प्रणय सम्बन्ध झाङ्गिनेछ। आफन्तको सहयोगमा कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। अरूको कुभलो नचिताउने।

वृष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। कार्य सम्पादनमा असहजता हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यप्रति सजग रहनुहोला। धन खर्च हुन सक्छ। साँझमा आफन्तको सहयोग पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन : मानसिक चिन्ता बढ्ने देखिन्छ। यद्यपि, कार्यक्षेत्रमा प्रगति नै हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। तर, विरोधीले तपाईँको खुट्टा तान्ने प्रयास गर्न सक्छन्। अति प्रिय व्यक्तिको यादले सताउन सक्छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : अरूलाई प्रभावित पारेर काम बन्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कृषि कार्यमा सफलता मिल्ला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। नयाँ कामको योजना बन्नेछ। भाग्योदय हुने योग छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : प्रतिष्ठित काम गरेवापत विशेष अवसर हात पर्ला। यद्यपि, मनमा दुबिधा उत्पन्न हुनेछ। घरपरिवारमा झै-झमेलाको अवस्था आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। साँझमा बढी धन खर्च हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : श्रमदानमा जुटिएला। छोटो यात्रा हुनेछ, मानसम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्ला। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। वैदेशिक काम बन्नेछन्। अधुरो काम पनि सम्पन्न हुन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : रोकिएको कार्यले पूर्णता पाउनेछ। शुभकार्यमा सरिक भइएला। मन प्रसन्न रहनेछ। राजनीतिक कार्य अघि बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। रोकिएको कामले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। इस्टमित्रसँग मेलमिलाप हुनेछ। प्रेममा सफलता पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। अनावश्यक काममा सहभागिता जनाइनेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। अनावश्यक ठाउँमा धन खर्च होला। कडा मिहिनेत गर्नुपर्ने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : नयाँ कार्यको योजना बन्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। प्रेमी/प्रेमिकाबाट सहयोग मिल्नेछ। सामाजिक कार्यमा सरिक भइएला।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। माया प्रेममा निकटता बढ्नेछ। घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। रोमाञ्चक यात्रा होला।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .