ad ad

समाज


सिंहको भाग्यशाली रङ निलो, कन्याको हरियो तपाईँको कुन? हेर्नुस् साउन ३१ को राशिफल

सिंहको भाग्यशाली रङ निलो, कन्याको हरियो तपाईँको कुन? हेर्नुस् साउन ३१ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
साउन ३१, २०८१ बिहिबार ४:१४, काठमाडौँ

आज बिहीबार, ३१ साउन २०८१ (१५ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लगनशीलताले काम अगाडि बढ्नेछ। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ। कृषि कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन : विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मनमा निराशा र शरीर आलस्य होला।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। शुभारम्भको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। अध्ययन-अध्यापन सफल रहनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। विलासी बस्तुको प्रयोग गर्न पाइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्नेछ। अरूले गरे-भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुन्छ। आफन्तको साथ पाइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : धर्म तथा समाजसेवामा मन लाग्नेछ। आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ। समयमा होस्‌ नपुग्नाले काम रोकिन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। साँझमा प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। मायाप्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। आस्था बढेर जानेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : मङ्गल कार्यको योजना बन्ने योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .