ad ad

समाज


राशिफल ३० साउन : मिथुनको महत्त्वपूर्ण काममा बाधा हुने, कर्कटले नयाँ काममा हात हाल्ने, तपाईँको के?

राशिफल ३० साउन : मिथुनको महत्त्वपूर्ण काममा बाधा हुने, कर्कटले नयाँ काममा हात हाल्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन ३०, २०८१ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, ३० साउन २०८१ (१४ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रोकिएका काम दोहोर्‍याएर गर्दा फत्ते हुनेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ। वस्त्रलाभ हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७७, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृष : दैनिक कार्यमा प्रगति हुनेछ। नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग हुनेछ। वाहन सुख मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ८०, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : अरूको लागि दौडधुप गर्नु पर्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ३३, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : नयाँ काममा हात हाल्ने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। शुभकार्यमा सहभागिता जनाइनेछ। पारिवारिक भेटघाटमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह : लाभहानि बराबरी हुनेछ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ। आहारविहारप्रति सजग रहनु पर्छ। विशेष यात्रा हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५०, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : कार्यसिद्धिको योग छ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिन्छ। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुनेछ। आँटेको कार्य पूरा हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६२, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला : यात्रामा सावधानी अपनाउनु पर्नेछ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। झै-झमेलाको अवस्था आउला। साँझमा प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम रहनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५०, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : दिन भाग्यशाली भएर देखा पर्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक, सांस्कृतिक, दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७८, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

धनु : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न होला। शुभकार्यको चर्चा चल्नेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ४७, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मकर : रमणीय, सुखद र धार्मिक यात्राको योग छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। वैदेशिक कामबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। उच्च महत्वाकाङ्क्षाले चुनौती र झमेला आउने देखिन्छ। लाभदायक यात्रा हुन सक्छ। खानपिनप्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला। साँझमा सफल यात्राको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७१, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मीन : आफन्तको प्रगतिमा मन रमाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेमको बन्धन कसिने बेला छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोजगारी पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ८०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .