ad ad

समाज


राशिफल २९ साउन : कर्कटको प्रशस्तै आम्दानी हुने, मेषको झगडा पर्ने, तपाईँको के?

राशिफल २९ साउन : कर्कटको प्रशस्तै आम्दानी हुने, मेषको झगडा पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन २९, २०८१ मंगलबार ४:४२, काठमाडौँ

आज मङ्‌गलबार, २९ साउन २०८१ (१३ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घरको समस्याले सताउनेछ। मन खिन्न हुने स्थिति आउनेछ। सङ्कट आउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३२, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। रोकिएका काम दोहोर्‍याएर गर्दा सम्पादन हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। अनावश्यक झमेलामा परिएला। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। विद्या र बुद्धिको विकास हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आम्दानी प्रशस्तै बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग पनि ७२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : घरायसी मनोरञ्जन हुनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुँजी बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : आफन्तको प्रगतिमा मन रमाउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। प्राविधिक कामबाट सफलता प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : शुभचिन्तकले पूर्ण समर्थन गर्नेछन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : सुखदुःख बराबरी रहनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सेयर बजारको कारोबारमा समेत मन्दी आउला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : मित्र वा आफन्तको सहयोग मिल्नेछ। मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धार्मिक र सफल यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : रोजगारी मिल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। रमाइलो यात्राको योग रहेको छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। साँझमा भने पारिवारिक झमेलामा पर्न सकिनेछ। धन पनि खर्च हुनेछ।

भाग्यशाली रङ रातो रहेको छ भने अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : दानपुण्यका कार्यमा सहभागी भइनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। मङ्गल कार्यको योग छ। सन्तान सुख मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .