ad ad

समाज


राशिफल साउन २७: वृषको मान प्रतिष्ठा बढ्ने, वृश्चिक दुबिधामा पर्ने, तपाईँको के?

राशिफल साउन २७: वृषको मान प्रतिष्ठा बढ्ने, वृश्चिक दुबिधामा पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन २७, २०८१ आइतबार ४:४३, काठमाडौँ

आज आइतबार, २७ साउन २०८१ (११ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : काममा सफलता हात पर्नेछ। सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना पनि बन्न सक्छ तर काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला। 

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६१, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने।दक्षिण दिशाको यात्रा नगर्ने।    

वृष : सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। अन्योलबीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। मान प्रतिष्ठामा वृद्धि होला। 

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६६र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने ।

मिथुन : कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ। आस मारिसकेको काम बन्नेछ। विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ। 

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ८२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने। 

कर्कट : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। कुनै कुराले मन दुखी हुनसक्छ। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। 

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

सिंह : आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा  ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।  

कन्या : नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ। 

भाग्यशाली रङ घ्यू रङ्ग र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने। 

तुला : सफल र रमाइलो यात्राको योग छ। शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ। रोकिएका काम सम्पादन हुनेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी भइएला। स्वादिष्ट भोजनको आनन्दसमेत पाइनेछ। 

भाग्यशाली रङ घ्यू रङ्ग र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५३ व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६०
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने। 

वृश्चिक : मनमा दुबिधा र शङ्का उत्पन्न हुनेछ। व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता पनि बढ्नेछ। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। 

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

धनु : साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने। 

मकर : प्रविधि र सञ्चार माध्यमबाट दैनिकी सहज हुनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ। 

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कुम्भ : कामको धपेडी भए पनि सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। 

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६२ व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : सुखदुख बराबरी खालको समय छ। मन भावुक र उत्ताउलो बन्नसक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४१, सेयर बजारमा  ३८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .