ad ad

समाज


राशिफल २५ साउन : तुलालाई घर व्यवहारको समस्याले सताउने, कुम्भ गोप्य काममा सफल हुने, तपाईँको के?

राशिफल २५ साउन : तुलालाई घर व्यवहारको समस्याले सताउने, कुम्भ गोप्य काममा सफल हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन २५, २०८१ शुक्रबार ४:४१, काठमाडौँ

आज शुक्रबार, २५ साउन २०८१ (९ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कुनै कुराले मनमा शान्ति छाउला। कीर्तिमानी काम गर्ने समय छ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। आँटेको काम फत्ते हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : शुभचिन्तकबाट पूर्ण समर्थन पाइनेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। रमाइलो यात्राको योग रहेको छ। मित्र वर्गबाट सोचेजस्तो लाभ हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका समय श्रेष्ठ छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : नयाँ कामको योजना बन्नेछ। रोकिएका काम पनि पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीतिक क्षेत्रमा जनताको गतिलै समर्थन पाइने छ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : दिन सामान्य रहनेछ। आफन्तजनसँग मनमुटाब बढ्नेछ। सवारी साधन चढ्दा तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला। विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। साँझमा घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रजसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : उपहार पाइन सक्छ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख नदिने।

कन्या : गन्यमान्य व्यक्तिको साथ पाइनेछ।। कीर्तिमानी काम गर्ने समय छ। बन्धुबान्धवबाट पनि सहयोग मिल्नेछ। आँटेको कार्य पूरा हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै लाभदायक यात्रा हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला : अधुरा काम पूरा हुनेछन्। साझेदारी र सट्टापट्टाबाट विशेष लाभ मिल्नेछ। न्यायिक कार्यमा सफल भइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। दिनको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। साँझमा शुभ र नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : मनोरञ्जनमा सहभागी भइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : दैनिक कार्यमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोत भेटिनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ला।

भाग्यशाली रङ निलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : नजिकको यात्रा हुनेछ। गोप्य ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : सानातिना समस्यामा अल्झनुपर्नेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सकिनेछ। पाचन प्रणालीमा समस्या देखिन सक्छ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .