ad ad

समाज


राशिफल २४ साउन : वृषलाई चिन्ता बढे पनि कार्य सफल हुने, मिथुनको मन निराश बन्ने, तपाईँको के?

राशिफल २४ साउन : वृषलाई चिन्ता बढे पनि कार्य सफल हुने, मिथुनको मन निराश बन्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन २४, २०८१ बिहिबार ४:४०, काठमाडौँ

आज बिहीबार, २४ साउन २०८१ (८ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आफन्तले आश्वासन र सहयोग गर्नेछन्। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँग सहकार्य हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : मनमा निराशा र शरीरमा आलस्य आउला। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। मनमा चञ्चलता बढ्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। फलदायी यात्रा नहोला। साँझको समाचारले भने सन्तुष्टि मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा पनि ३९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : उपहार पाइने सम्भावना छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक यात्राको अवसर आउनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : चिताएको कामले तीव्रता लिनेछ। धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : अधुरो काम पूरा हुनेछ। गरेको कामबाट सफलता मिल्नेछ। उपकार गरेर अरूको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : दिन सामान्य नै रहनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : चाहेको कार्य पूरा होला। रोजगारीको अवसर मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : वाक्चातुर्यले कार्यसिद्ध हुनेछ। दाजुभाइ र दिदीबहिनीहरूबाट सहायता मिल्नेछ। नयाँ व्यक्तिसित सम्पर्क हुनाले भाग्य बढ्नेछ। बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : विद्या र बुद्धिको विकास हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग छ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। चुनौतीको सामना गर्नुपर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझमा लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : अचल सम्पत्ति हात पर्न सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। धार्मिक एवं सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .