ad ad

समाज


साउन २० को राशिफल: मेषको आयव्यय बराबरी हुने, वृषले आँटेको पुग्ने , तपाईंको के?

साउन २० को राशिफल: मेषको आयव्यय बराबरी हुने, वृषले आँटेको पुग्ने , तपाईंको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन २०, २०८१ आइतबार ४:३९, काठमाडौँ

आज आइतबार, २० साउन २०८१ (४ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लाभहानी, आयव्यय बराबरी मध्यम खालको दिन छ। गरेको काममा ढिलासुस्ती हुनसक्छ। व्यर्थको यात्रामा जान बाध्य भइएला। अनावश्यक र फजुलमा खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नसक्छ।

भाग्यशाली रङ्ग हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : आँटेको र ताकेको कार्य पूरा होला। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सेयर बजारबाट पनि फाइदा हुनेछ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ । धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ।

भाग्यशाली रङ्ग निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।

कर्कट : समाजसेवामा मन लाग्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सेयर बजारबाट पनि फाइदा हुनेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

सिंह : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सहकर्मीबाट विरोध आउला। चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुनसक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता पनि बढ्नेछ। चोटपटकको भय छ। सचेत रहनुहोला।

भाग्यशाली रङ्ग आकाशे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग  ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : कूटनीतिक नियोगको सहयोग मिल्ला। महत्त्वपूर्ण कामको थालनी हुनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला।

भाग्यशाली रङ्ग खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङ्गको प्रयोग नगर्ने।

तुला : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। घरजग्गाको कारोबारमा पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।

भाग्यशाली रङ्ग रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। मन खिन्न हुने स्थिति आउनेछ। बाधा र उल्झन आउला। वैचारिक मनमुटाव बढ्नेछ। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ। अतः बढी सजग रहनु उचित हुने देखिन्छ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। आज कालो रङ्गको प्रयोग नगर्ने।

मकर : पुनर्मिलनको योग रहेको छ। रोकिएको धन पनि हात पर्नसक्छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।    

कुम्भ : नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ। रमणीय र सुखद् यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। आज कालो रङ्गको प्रयोग नगर्ने।

मीन : मनपरेको परिकार खान पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। समाजिक कार्यमा मन जाला।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङ्गको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .