ad ad

समाज


राशिफल १८ साउन : मेषको आफ्नै हेलचेक्य्राइँले काम बिग्रने, मकरको जोसजाँगर बढ्ने, तपाईँको के?

राशिफल १८ साउन : मेषको आफ्नै हेलचेक्य्राइँले काम बिग्रने, मकरको जोसजाँगर बढ्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन १८, २०८१ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, १८ साउन २०८१ (२ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा दुबिधा उत्पन्न हुनेछ। आफ्नै हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : लाभदायक यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा पारिवारिक भेटघाटमा रमाइन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ कालो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नयाँ कामको प्रारम्भ गर्नुअघि अग्रजसँग सल्लाह लिने। जथाभावी नबोल्ने।

कर्कट : लगानीमा रहेको रकम फिर्ता आउनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग हुनेछ। रोजगारको अवसर मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। नजिकका व्यक्तिसँग अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ हरियो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कन्या : जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। प्रणय प्रसङ्गका लागि उत्तम समय छ। अधुरा काम सम्पन्न हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : महत्त्वपूर्ण कामको थालनी हुनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। कसैकसैलाई सन्तान प्राप्ति हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : लगनशीलताले अवसर दिलाउनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

धनु : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक कारोबारमा विवाद आउला। घुम्न जाने योजना बन्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मकर : जोसजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। दूरदराजमा बसोबास गर्ने व्यक्तिसँग सम्बन्ध सुमधुर रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ : राजनीतिक र न्यायिक कार्यबाट सफलता मिल्नेछ। रुचि पनि बढ्नेछ। नयाँ ज्ञान सिकिनेछ। व्यापार व्यवसायबाट मनग्गे आम्दानी होला। विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

मीन : रोकिएका सुचारु हुनेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला, बोली पनि बिक्ला। रमाइलो यात्राको योग रहेको छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक भइनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .