ad ad

समाज


राशिफल १६ साउन : कन्याले ठूला व्यक्तिलाई प्रभावमा पारेर काम लिनसक्ने, कुम्भको प्रेममा बाधा हुने, तपाईँको के?

राशिफल १६ साउन : कन्याले ठूला व्यक्तिलाई प्रभावमा पारेर काम लिनसक्ने, कुम्भको प्रेममा बाधा हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन १६, २०८१ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, १६ साउन २०८१ (३१ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : बोलीको प्रभाव बढ्ने र नयाँ कामको थालनी हुनेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने र दाम्पत्य सुख मिल्नेछ। मनमा शान्ति मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा भने दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कर्कट : सुखद यात्राको योग छ। पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ। मन मिल्ने साथीको सुझावले करिअरमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। अल्छीपन नत्यागेमा भने आँटेको काममा सफलता नमिल्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : ठूला व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ। रोकिएका काम सुचारु हुनेछन्। आँटेको र ताकेको कार्य पूरा होला। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमी/प्रेमिकाले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : मान्यजनको सहयोग प्राप्त हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पुँजी बजारबाट लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : सामाजिक कार्यमा सफलता मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। सेयर बजारबाट मनग्गे लाभ मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम भने रोकिन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : अध्ययन-अध्यापन सफल रहनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। लाभदायक यात्रा हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : आलस्य तथा थकानको अनुभूति हुनेछ। मनमा अशान्ति र छटपटी बढ्नेछ। घरायसी झमेलामा परिनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। प्रेममा बाधा हुन सक्छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मीन : रोकिएका काम सुरु हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु होला। बीमा क्षेत्रबाट फाइदा मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .