ad ad

समाज


राशिफल १५ साउन : सिंहको प्रशस्त आम्दानी हुने, वृषलाई शत्रु लाग्ने, तपाईँको के?

राशिफल १५ साउन : सिंहको प्रशस्त आम्दानी हुने, वृषलाई शत्रु लाग्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन १५, २०८१ मंगलबार ४:४०, काठमाडौँ

आज मङ्‌गलबार, १५ साउन २०८१ (३० जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : उपहार पाइनेछ। साथीभाइसँग रमाइला पल व्यतीत हुनेछन्। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। वैदेशिक लगानी र सेयर बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष : नयाँ कामको योजना बन्नेछ। कामबाट फुर्सद मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। ऋण गरेरै भए पनि सामान खरिद गरिनेछ। शत्रु लाग्न सक्छन् ख्याल गर्नुहोला। खानपिनमा ध्यान दिनु पर्छ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : बोलीले काम सफल नहोला। गर्न खोजेको कार्यमा बाधा आउन सक्छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। काममा चुनौती आइलाग्ला। दण्ड वा जरिवानामा पर्न सकिन्छ। धैर्यले काम लिनुहोला। पुरानो साथीसँग सुमधुर मिलन हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : आफूले गरेको कार्यको चर्चा चल्नेछ। श्रमको उचित मूल्याङ्कन होला। साथीभाइसँग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। जोस, जाँगर र उमंग बढ्ला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। दाम्पत्य जीवन सुखद बन्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : सामान हराउने वा चोरी हुने सम्भावना छ। कमजोर भएको अनुभूति हुनेछ। यात्रामा बिघ्नबाधा आउन सक्छ। तर, निराश र हतास नहुनुहोला। व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : काम विशेषले टाढिएका परिवारका सदस्यसँग भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसायबाट बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। रमाइलो यात्राको सम्भावना छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेममा मधुरता छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : धर्म तथा समाजसेवामा मन लाग्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। वैदेशिक, सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। प्रेममा समीपता बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। कडा मिहिनेत र लगनशीलतापूर्वक गरिएको कामबाट लाभ हुने सम्भावना छ। पुँजी बजारमा लगानी नगर्दा नै बेस हुन्छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : ताकेको कार्य पूरा होला। महिला वर्गबाट साथ पाइनेछ। पुरानो समस्या सुल्झनेछ। व्यापारमा वृद्धि हुनुका साथै आर्थिक लाभ पनि हुने देखिन्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .