ad ad

समाज


रुपन्देहीका ५५३ जनाले पाए लालपुर्जा

रुपन्देहीका ५५३ जनाले पाए लालपुर्जा

नेपालखबर
साउन १४, २०८१ सोमबार १६:३४, काठमाडौँ

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण गरेका छन्।

मन्त्री अधिकारीले सोमबार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउब्लकहरूको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन्।

लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू अत्यन्त खुशी भएका थिए। वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउँदै भूमिहिनको समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे।

सरकारले पाँच लाख भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए। 

गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरणमा सम्भव भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .