ad ad

समाज


मेषको भाग्यशाली रङ खैरो, मिथुनको रातो, तपाईँको कुन? हेर्नुस् १३ साउनको राशिफल

मेषको भाग्यशाली रङ खैरो, मिथुनको रातो, तपाईँको कुन? हेर्नुस् १३ साउनको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
साउन १३, २०८१ आइतबार ४:४४, काठमाडौँ

आज आइतबार, १३ साउन २०८१ (२८ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।

भाग्यशाली रङ्ग खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।

वृष : सामान हराउने योग छ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। शुभ कार्यमा सहभागी भइएला। विगतका समस्या बल्झिन सक्छन् तर साँझमा कार्य सम्पादन हुनसक्छ। भ्रमणको योजना पनि बन्नेछ।

भाग्यशाली रङ्ग घ्यू रङ्ग र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५ सेयर बजारमा ४१ वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। सेवामूलक काम गरेर मानसम्मान मिल्ने छ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमनका साथै कलहको योग छ।

भाग्यशाली रङ्ग रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : आँटेको र ताकेको कार्य पुरा होला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ।

भाग्यशाली रङ्ग हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशी हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह : नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले पनि साथ दिनेछ। लामो यात्रा सुखद् र सफल हुनेछ तर खानपिनमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ्ग आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङ्गको प्रयोग नगर्ने।

तुला : शुभ र नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्ति ट सहयोग मिल्नेछ प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

भाग्यशाली रङ्ग घ्यू रङ्ग र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला, तथा साहित्यमा रुचि बढ्नेछ तर प्रशासनिक निकायको भए भने रहनेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।आज भरिसक्के लामो यात्रा नगर्ने।

धनु : साहस र हिम्मत बढ्नेछ। नयाँ कामको योजना पनि बन्ला। कृषि कार्यबाट बढी लाभ मिल्नेछ। बलले भन्दा बुद्धिले सोच विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङ्गको प्रयोग नगर्ने।

मकर : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। निर्णय कार्यान्वयन हुन नसक्ला।

भाग्यशाली रङ्ग हरियो रअङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क  ४१ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

कुम्भ : आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला।  

भाग्यशाली रङ्ग निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१,वैदेशिक कार्य ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङ्गको प्रयोग नगर्ने।

मीन : विशिष्ट व्यक्तिको साथ पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। निर्माणको कार्य अघि बढ्नेछ। सहयोगीको साथ र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्य ५८ र शिक्षा ६५ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .