ad ad

समाज


राशिफल ८ साउन : वृश्चिकलाई सन्तान प्राप्ति, मिथुनलाई कमजोर भएको अनुभूति हुने, तपाईँको के?

राशिफल ८ साउन : वृश्चिकलाई सन्तान प्राप्ति, मिथुनलाई कमजोर भएको अनुभूति हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन ८, २०८१ मंगलबार ४:३८, काठमाडौँ

आज मङ्‌गलबार, ८ साउन २०८१ (२३ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : उन्नति प्रगतिको वातावरण बन्नेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। लामो समयदेखि रोकिएका काम सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मिथुन : कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। भ्रमण, खानपान तथा फेसनमा धन खर्च होला। वैदेशिक क्षेत्र कमजोर रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

कर्कट : नयाँ कार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

सिंह : राजनीतितर्फ मन जानेछ। अधुरा काम पूरा हुनेछन्। धार्मिक यात्राको योग छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : समाजसेवामा मन लाग्नेछ। व्यक्तित्वमा निखार आउनेछ। प्रेम सम्बन्ध मधुर रहनेछ। रमाइलो यात्राको योग छ। मनमा हर्ष, उत्साह र उमङ्ग छाउला। स्वादिष्ट भोजनको अवसर प्राप्त होला।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : मन खिन्न हुने स्थिति आउनेछ। अनावश्यक झमेलामा परिएला। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। साँझमा भने सफल यात्राको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : सभा समारोहमा सरिक हुने सम्भावना छ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। केही नयाँ कुरा खरिद गरिएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। वादविवाद नगर्ने।

धनु : नसोचेको ठाउँबाट धनागम हुनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। स्वादिष्ट भोजन पाइनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेममा सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : शुभकार्यको चर्चा चल्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। बजार घुम्ने अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सकारात्मक सोचका साथ अघि बढ्ने। तनाव नलिने।

कुम्भ : मन कमजोर रहनेछ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : प्रतिष्ठा कमाउने बेला छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा होला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सेयर बजारबाट राम्रै फाइदा होला। वैदेशिक कार्यमा सहजता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .