ad ad

समाज


राशिफल ७ साउन : कुम्भको प्रेमीसँग असमझदारी बढ्ने, मिथुनको शत्रु सक्रिय हुने, तपाईँको के?

राशिफल ७ साउन : कुम्भको प्रेमीसँग असमझदारी बढ्ने, मिथुनको शत्रु सक्रिय हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन ७, २०८१ सोमबार ५:६, काठमाडौँ

आज सोमबार, ७ साउन २०८१ (२२ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : शुभारम्भको चर्चा चल्नेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीको पढाईमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला। घरमा अतिथिको आगमन हुनेछ अनि हौसला र सल्लाह पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

कर्कट : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : शुभ कार्यमा सरिक भइनेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ। महिला वर्गबाट विषेश सहयोग मिल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : कार्य सम्पादनमा सहजता मिल्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। सेयर बजारको क्षेत्रमा राम्रो सफलता मिल्ला। प्रेम र मित्रताको बन्धनमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : सहकर्मीबाट विरोध आउन सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च बढ्नेछ। सानातिना समस्यामा अल्झिनु पर्नेछ। पुँजी बजारले पनि साथ नदेला। आफन्तबाट साथ र हौसला मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : खानपिनको विविध परिकार खान पाइनेछ। धार्मिक यात्राको योजना बन्नेछ। आर्थिक क्षेत्रबाट राम्रो सफलता मिल्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम जीवन सफल रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : नयाँ व्यक्तिसँगको सहकार्यले नौलो अनुभव मिल्नेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको सहयोग मिल्नेछ। आहारविहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

कुम्भ : घरव्यवहारको समस्याले सताउनेछ। सामान हराउने वा चोरी हुने भय छ। प्रेमीसँग असमझदारी बढ्न सक्छ। साँझमा प्राविधिक र राजनीतिक कार्यमा सफलता पाइएला। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मीन : दिन मध्यम खालको छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धर्म तथा रीतिरिवाजमा सहभागिता हुनेछ। कृषि कार्य सम्पन्न हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .