ad ad

समाज


चिकित्सक नहुँदा सर्पदंश केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा बन्द

चिकित्सक नहुँदा सर्पदंश केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा बन्द

नेपालखबर
फागुन १७, २०७६ शनिबार ३:१७,

सर्लाहीको लालबन्दी नरगपालिका–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ।

सञ्चालन गर्ने दक्ष चिकित्सक नहुँदा भेन्टिलेटर र आइसियुका उपकरण थन्किएका छन्। जनका कारण सेवा समेत प्रभावित बन्न पुगेको छ।

प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाले ३० लाख खर्च गरेर ०७६ जेठमा उपकरण जडान गरेका थिए।

नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए।

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गराऔँ । तर कार्यान्वयन भएको छैन,’ उनले भने।

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न ०७० मा केन्द्र स्थापना भएको थियो । गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०/१२ जना सर्पदंशका बिरामी आउने गरेका छन्।

सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी हुन्छ। हालसम्म उपचार केन्द्रमा ४५ सय सर्पदंशका बिरामीले उपचार सेवा लिइसकेका छन्।

केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मङ्सिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ।

केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको १२ लाख सहयोगमा सोलार बत्ती तथा इन्भटर जडान गरी बिरामीलाई २४ सैँ घण्टा सेवा दिने तयारी समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .