ad ad

समाज


राशिफल ३ साउन : कर्कटको प्रेम सम्बन्ध प्रगाढ बन्ने, सिंहको परिवारमा झमेला हुने, तपाईँको के?

राशिफल ३ साउन : कर्कटको प्रेम सम्बन्ध प्रगाढ बन्ने, सिंहको परिवारमा झमेला हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन ३, २०८१ बिहिबार ४:३९, काठमाडौँ

आज बिहीबार, ३ साउन २०८१ (१८ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : यात्रामा मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। सहकर्मीबाट विरोध आउला। चोटपटकको भय पनि छ अतः सचेत रहनु होला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बोल्दा विचार पुर्‍याउने। अरूको अहित हुने काम नगर्ने।

वृष : परिश्रम गर्दा धनार्जन हुनेछ। लामो यात्रा सुखद रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

मिथुन : रमणीय र सुखद यात्राको योग छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। सेयर बजार र व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। अधुरा या नयाँ कार्यको थालनी हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। साजसजावटमा गरेको लगानीबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : मनमा दुबिधा उत्पन्न हुनेछ। सरकारी निकायको भय रहला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा पनि समस्या आउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझपखबाट लाभ हुँदै जानेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : विभिन्न अवसरले मन प्रसन्न गराउनेछन्। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। सेतो रङको प्रयोग नगर्ने।

तुला : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुँजी बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : समग्रमा सकारात्मक दिन रहेको छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : दिन मध्यम रहनेछ। व्यर्थको हैरानी खेप्नु पर्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : प्रेममा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ। भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरेर कामको सुरुआत गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कला र गलाको प्रभाव बढ्नेछ। रचनात्मक काममा जुट्ने समय छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : नसोचेको ठाउँबाट धनागम हुनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्यमा तथा सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .