ad ad

समाज


कर्कटलाई रातो पहिरनले फलिफाप हुने, मकरको बोली बिक्ने, तपाईँको के? हेर्नुस् १ साउनको राशिफल

कर्कटलाई रातो पहिरनले फलिफाप हुने, मकरको बोली बिक्ने, तपाईँको के? हेर्नुस् १ साउनको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
साउन १, २०८१ मंगलबार ४:३६, काठमाडौँ

आज मङ्‌गलबार, १ साउन २०८१ (१६ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : स्वादिष्ट भोजनको अवसर मिल्नेछ। कला र मनोरञ्जनमा रुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। पुँजी बजारमा लगानीको अवसर। अप्ठेरो ठानिएको काम बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ७०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव रख्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : नवीन कार्यको योजना बन्नेछ। प्राविधिक क्षेत्रमा उन्नति हुनेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। हिम्मत बढ्ला। कुटुम्बबाट सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५३, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिव भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। सुखद यात्राको योग पनि छ।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ४१, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

कर्कट : आत्मघाती काम गर्न पुगिएला। सुन्दरतामा धन खर्च हुनेछ। रातो रङको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ। नवीन कार्यमा सरिक भइनेछ। पढाइलेखाइमा खासै प्रगति हुँदैन।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नचिताउने।

सिंह : कीर्तिमानी काम गर्ने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सफलता मिल्नेछ। पुँजी बजारको लगानीमा नोक्सानी हुन सक्छ। नयाँ काम प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। प्याजी रङको प्रयोग नगर्ने।

कन्या : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ। प्रेमी/प्रेमिकाको साथ मिल्नेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ हुनेछ। रोमाञ्चक यात्रा होला।

भाग्यशाली रङ निलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ८५, व्यापारमा ६१, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

तुला : शुभकार्यमा सरिक भइनेछ। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। धन प्राप्त हुनेछ। प्रतिस्पर्धामा आफू माथि परिएला। टाढिएका परिवारजनसँग भेट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। झुट नबोल्ने।

वृश्चिक : कष्टपूर्ण यात्रा हुन सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। आर्थिक नोक्सानी होला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ कालो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ५५, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रजको सुझाव लिने। सेतो रङको प्रयोग नगर्ने।

धनु : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सामाजिक कार्यमा रुचि जाग्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। कामका विभिन्न अवसर फेला पर्ने छन्।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌को स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

मकर : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। शुभचिन्तकहरूको साथ रहला। मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निर्णय गर्दा विशेष सावधानी अपनाउने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : सुखद यात्रा हुनेछ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : सरकारी निकायको भय रहनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा प्रगति हुने देखिएन। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेम सम्बन्धमा भने मधुरता छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ४१, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बोल्दा विचार पुर्‍याउने। जथाभावी निर्णय नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .