ad ad

समाज


राशिफल २७ असार : वृश्चिकको गोप्य काम सफल हुने, कन्याको विरोधीहरू सलबलाउने, तपाईँको के?

राशिफल २७ असार : वृश्चिकको गोप्य काम सफल हुने, कन्याको विरोधीहरू सलबलाउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार २७, २०८१ बिहिबार ४:३८, काठमाडौँ

आज बिहीबार, २७ असार २०८१ (११ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : शुभ कार्यमा सरिक भइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। परदेशीलाई घर फर्कने समय जुरेको छ। सेयर बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृष : समय त्यति राम्रो देखिँदैन। बोलीको विपरीत अर्थ लाग्न सक्छ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। साँझमा शुभ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा पनि ४५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

मिथुन : धार्मिक आस्था बढ्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेमी/प्रेमिकाको सहयोग प्राप्त हुनेछ। धन हात पर्न सक्छ। पढाइलेखाइमा उत्कृष्ट नतिजा आउनेछ। न्यायिक निर्णय तपाईँ पक्षमा हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ४३ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पश्चिम दिशा नजाने।

कर्कट : वैदेशिक कार्यमा सफलता हात लाग्नेछ। काम गर्ने जोसजाँगर बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३३, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। पहेँलो रङको प्रयोग नगर्ने।

सिंह : रोकिएको काम सुचारु हुनेछ। शुभ समाचार सुन्न पाइएला। शैक्षिक क्षेत्रमा प्रगति नै होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय राम्रो छ। दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ५५, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज ब्रह्माजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नचिताउने।

कन्या : काम बिगार्न चाहनेहरू सलबलाउन सक्छन्। नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ। स्वास्थ्य प्रतिकूल हुने देखिन्छ। आहारविहारप्रति सजग रहनु होला।

भाग्यशाली रङ हरियो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५३, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कुवेरजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। पर्पल रङको प्रयोग नगर्ने।

तुला : सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। धार्मिक यात्राको योग छ। प्रेम जीवन सामान्य रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अतिचार नगर्ने।

वृश्चिक : आफन्त तथा मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने देखिन्छ। सेयर बजारको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ७१, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रजसँग सल्लाह लिएर अघि बढ्ने। जोखिमपूर्ण यात्रा नगर्ने।

धनु : दिन कुशल परेको छ। साथीबाट सहयोग मिल्नेछ। प्रेमी/प्रेमिका तथा बन्धुबान्धवबाट पनि सहयोग मिल्नेछ। उपहार पाइन सक्छ। रमणीय यात्रा हुनेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ५८, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दु:ख हुन सक्छ। प्रेमी/प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। बैजनी रङको प्रयोग नगर्ने।

कुम्भ : परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर जुर्ला। सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ। निर्णय क्षमतामा कमी आउँदा भने केही समस्या पर्नेछ। वैदेशिक काम अड्कन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। घ्यू रङको प्रयोग नगर्ने।

मीन : प्रसन्नताका साथ समय व्यतीत हुनेछ। माङ्गलिक कार्यमा सहभागि भइनेछ। पारिवारिक माहोल खुसीमय हुनेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ हुनेछ। सन्तान सुख पनि मिल्न सक्छ।

भाग्यशाली रङ कालो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५१, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५३ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .