ad ad

समाज


राशिफल २४ असार : कन्यालाई इनाम र प्रतिष्ठा मिल्ने, सिंह विपक्षीको जालझेलमा पर्ने, तपाईँको के?

राशिफल २४ असार : कन्यालाई इनाम र प्रतिष्ठा मिल्ने, सिंह विपक्षीको जालझेलमा पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार २४, २०८१ सोमबार ४:३६, काठमाडौँ

आज सोमबार, २४ असार २०८१ (८ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। लगानी र व्यापारमा आर्थिक नोक्सानी होला। पढाइलेखाइमा खासै प्रगति हुँदैन। साँझमा भने मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। प्रेमको बन्धन कसिने र रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ। वाहन लाभ हुनेछ। स्वास्थ्य निर्बल रहने हुँदा सजग रहनु होला।

भाग्यशाली रङ निलो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ तर आहारविहारमा चाहिँ सतर्क रहनु होला। कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ।

भाग्यशाली रङ निलो रहेको छ भने अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

सिंह : मनमा दुबिधा उत्पन्न हुनेछ। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ साँझमा बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : दिन समग्रमा सकारात्मक नै रहेको छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सुखद यात्राका अवसर प्राप्त हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। लाभदायक यात्रा रहला। साँझमा भने ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता र नोकरीबाट सम्मान मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। सवारी चलाउँदा विशेष ख्याल गर्नुपर्छ।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। प्रेम सम्बन्ध कसिलो होला। बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम सम्पादन हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। कृषि कर्म र व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ। आर्थिक कारोबारमा भने समस्या आउन सक्छ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ७८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। हरियो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .